Section 3
वर्गीय तथा व्यावसायिक संगठन खडा गर्न नेपाल सरकारको पूर्वस्वीकृति लिनुपर्ने :

(१) यो ऐन बमोजिम नेपाल सरकारको पूर्वस्वीकृति नलिई कसैले कुनै वर्गीय तथा व्यावसायिक संगठन खडा गर्न हुँदैन ।
(२) कुनै वर्गीय तथा व्यावसायिक संगठन खडा गर्न चाहने व्यक्ति वा व्यक्तिहरूले मूल लक्ष्य समेत तोकि सो संगठन खडा गर्ने, त्यसको कार्य संचालन गर्ने र तत्सम्बन्धी अरू काम कारवाईको विधानको प्रतिलिपि समेत साथै राखी नेपाल सरकारमा आवेदन पेश गर्नु पर्छ ।
(३) उपदफा (२) बमोजिम कसैको आवेदन पत्र पेश भएपछि नेपाल सरकारले सो आवेदन पत्र र सो साथ पेश भएको विधान बमोजिमको वर्गीय तथा व्यावसायिक संगठन कुनै खास वर्ग वा व्यावसायको हित तथा विकासको साथसाथै राष्ट्रको निर्माण र विकास कार्यको मूल लक्ष्य राखेर खडा गरिन लागेको हो होइन जाँचबुझ गरी सो उद्देश्यको पूर्तिको निमित्त विधानमा कुनै संशोधन गर्नु पर्ने देखेमा संशोधन समेत गरी सो विधान बमोजिम वर्गीय तथा व्यावसायिक संगठन खडा गर्न, सञ्चालन गर्न र तत्सम्बन्धी अरू काम कारवाई गर्न पाउने गरी स्वीकृति दिन सक्नेछ । कुनै खास वर्ग वा व्यावसायको हित तथा विकासका साथसाथै राष्ट्रको निर्माण र
विकास कार्यको मूल लक्ष्य राखेर खडा गरिन लागेको होइन भन्ने देखेमा वा त्यस्तो संगठनबाट राष्ट्रहितलाई बाधा पर्ने देखेमा नेपाल सरकारले कुनै कारण नदेखाई त्यस्तो आवेदनपत्रलाई अस्वीकृत गर्न पनि सक्नेछ ।
(४) यस दफा बमोजिम नेपाल सरकारबाट संशोधन भई वा नभई स्वीकृत भएको विधानलाई नेपाल सरकारको स्वीकृति विना संशोधन गर्न वा खारेज गरी अर्को विधान लागू गर्न हुँदैन ।
(५) बाल संगठन ………… युवक संगठन, महिला संगठन, किसान संगठन, मजदूर संगठन र भूतपूर्व सैनिक संगठनहरू खडा गराउने, संचालन गराउने र तत्सम्बन्धी अरू कामकारवाईको प्रारम्भिक उठान नेपाल सरकारले गर्न सक्नेछ । ती संगठनहरूले पनि नेपाल सरकारबाट स्वीकृति भएको विधान बमोजिम नै काम कारवाही गर्नु पर्नेछ ।
(६) कुनै खास वर्गीय तथा व्यावसायिक संगठन नेपाल सरकारले आफैंले खडा गर्न गराउन खोजेको रहेछ वा कुनै खास वर्गीय तथा व्यावसायिक संगठन देशव्यापी हो भनी नेपाल सरकारले स्वीकार गरिसकेको रहेछ भने एउटै वर्ग वा व्यावसायको एक भन्दा बढी त्यस्तो
संगठनहरू खडा गर्न नेपाल सरकारले स्वीकृति दिने छैन ।
(७) यस ऐन तथा वर्गीय तथा व्यावसायिक संगठनहरूका विधानहरूमा जेसूकै
लेखिएको भए तापनि नेपाल सरकारले आवश्यक देखेमा वर्गीय तथा व्यावसायिक संगठनहरूको विधानमा सम्बन्धित संगठनको कार्य समितिसंग सल्लाह गरी संशोधन गर्न सक्नेछ ।

(८) माथिका उपदफाहरूमा जुनसुकै कुरा लेखिएको भए तापनि विश्वविद्यालय वा महाविद्यालयमा वा नेपाल सरकारले तोकेको स्तरको कुनै शिक्षण संस्थामा शारीरिक, वौद्धिक तथा साँस्कृतिक विकासको लागि सो संस्थाका विद्यार्थीहरूले कुनै संघ वा संस्था खोल्न चाहेमा उप– कुलपति वा प्राचार्य वा प्रधान अध्यापकको स्वीकृति लिई खोल्न सक्नेछन्। त्यस्तो संघ वा संस्था खोल्ने स्वीकृति दिंदा स्वीकृति दिने अधिकारीले यो ऐन अन्तर्गत बनेका नियमहरू बमोजिम दिने छन् । त्यस्तो शिक्षण संस्थाको कुनै विद्यार्थीले उप–कुलपति वा प्राचार्य वा प्रधान अध्यापकको स्वीकृति नलिई त्यस्तो कुनै संघ वा संस्था खोलेमा वा खोल्ने प्रयत्न गरेमा वा उपरोक्त उद्देश्य वा नियम विपरीत कुनै काम कुरा गरेमा त्यस्तो विद्यार्थीलाई सम्बन्धित संस्थाको उप–कुलपति वा प्राचार्य वा प्रधान अध्यापकले बढिमा दुई वर्षको लागि निष्काशित गर्न सक्नेछ । त्यसरी कुनै शिक्षण संस्थाबाट निष्काशित भएको विद्यार्थीलाई निष्काशनको अवधिभर नेपाल ……… को कुनै शिक्षण संस्थामा अध्ययन तथा प्रशिक्षणको निमित्त प्रवेश गर्न दिइने छैन ।